पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला

काठमाडौँ, १३ भदाै । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा शनिबार बिहान बगेका एक भारतीय युवाको शव बुटवलमा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ गाउँपालिका–३, ड्यामसाइड क्षेत्रमा पौडी खेल्ने क्रममा बगेका भारत उत्तर प्रदेशको सिद्धार्थनगरका २९ वर्षीय प्रभाष सोनीको शव बुटवल उपमहानगरपालिका–१५, उजेलापुर क्षेत्रमा फेला परेको हो । 

स्थानीयका अनुसार तीन जना भारतीय मूलका युवा शनिबार बिहानै तिनाउ खोलामा पौडी खेल्न पुगेका थिए । उनीहरू पौडी खेलिरहेका बेला माथिल्लो तटीय क्षेत्रमा पानीको बहाव बढेर खोलामा एक्कासि पानीको सतह बढेपछि प्रभाषलाई बगाएको बताइएको छ । 

बगेका प्रभाषको खोजी गर्ने क्रममा केही घण्टापछि उनको शव बुटवल–१५ उजेलापुर क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको