काठमाडौँ, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण गरेर डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पौडेलले नियमित स्वास्थ्य परीक्षण गराएका हुन् ।
अस्पतालका अनुसार उनले नियमित चेकजाँच गराएका हुन् । स्वास्थ्यमा समस्या आएको होइन । उनको ओपिडीमा चेकजाँच गरिएको थियो । अहिले डिस्चार्ज भएका छन् ।





