काठमाडौँ, ८ मंसिर । काठमाडौँसहितका स्थानमा आज ७:१७ मा भूकम्पको धक्का महशुस गरिएको छ ।
अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार पूर्वी नेपाल र भारतको सिक्किम सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । यसको धक्का भने काठमाडौँदेखि पश्चिम नेपालसम्मै महशुस भएको छ । थप विवरण आउन बाकि रहेको छ ।





