आजको राशिफल

काठमाडौँ, ६ कार्तिक । २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६ अक्टोबर २३ तारिख। असोज शुक्ल पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको फलादेशः

मेष  : दिन राम्रो छ । आर्थिक उन्नति हुनेछ ।  शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट नाफा मल्नेछ । प्रेम  सम्बन्ध सुमधुर बन्नेछ।

वृष  : दिन सामान्य छ । आम्दानी  बढ्नेछ । घमण्डले फाइदा नहुने दिन छ । पुरानो रोगले सताउने जोखिम रहेकाले  सचेत  हुनुपर्नेछ । दाम्पत्य जीवनमा सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मिथुन  : समय राम्रो छ । लगानीको क्षेत्रबाट आम्दानी हुनेछ । अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मनमा उत्साह बढ्ने छ ।

कर्कट  : शुभ दिन छ । समाज र देशको सेवा गर्ने अवसर मिल्नेछ । आजको लगानीबाट नाफा हुनेछ । धार्मिक यात्रा हुने योग छ । व्यापारमा फाइदा हुनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ ।

सिंह : आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । धेरै ग्रह सकारात्मक भएकाले तपाईंको काम बन्नेछ । साथीभाइले साथ दिनेछन् । स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ ।

कन्या  : दिन सामान्य छ । ठूला लगानीमा हात नहाल्नु उचित हुनेछ । परिवारमा टकराब देखिने भएकाले तपाईंका लागि मौन रहनु फाइदा हुनेछ । व्यापारमा मिहिनेत गर्नुपर्ने समय छ । शत्रु बढ्नेछन् ।

तुला  : दिन राम्रो छ । मानसम्मान प्राप्त  हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आलश्य त्याग्नु राम्रो हुन्छ । समाजबाट सम्मान प्राप्त हुनेछ । परिवारबाट सुख मिल्नेछ । दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ ।

वृश्चिक  : समय सामान्य छ । आर्थिक क्षेत्रमा लाभ हुनेछ । बन्धु सकारात्मक छन् । अपमान सहनुपर्ने हुनसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

धनु  : दिन राम्रो छ । लगानीको क्षेत्रमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या देखिने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ ।

मकर : व्यापार फस्टाउनेछ । मिहिनेतको फल मिल्न सक्छ । मानिसलाई खुशी बनाउन सक्ने दिन छ । तर झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । खर्च बढ्नेछ । छोटो यात्रा तय हुन सक्छ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । प्रशंसा हुनेछ । दाम्पत्य जीवनमा खटपटी बढ्ने भएकोले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ ।

मीन : आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ । दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ , ६ कार्तिक । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको

सुनसरी, ६ कार्तिक । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख

काठमाडौँ, ६ कार्तिक । बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ, ६ कार्तिक । २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६ अक्टोबर २३ तारिख। असोज शुक्ल पक्षको द्वादशी तिथि