होर्मुजमा सिंगापुरका दुई जहाजमाथि आक्रमण

एजेन्सी, २९ असोज । होर्मुज जलमार्गमा सिंगापुरमा दर्ता भएका दुईवटा कन्टेनर जहाजमाथि आक्रमण हुँदा एउटा डुबेको छ ।

अर्को क्षतिग्रस्त भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले दुई हजार ५०० भन्दा बढी कन्टेनर बोकेको जहाज समुद्री बारुदी सुरुङमा ठोक्किएर डुबेको दाबी गरेको छ ।
 
तर, सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणले भने दुवै जहाज निशानामा परेका बिताएको छ । समाचार एजेन्सी एपीका अनुसार जहाजमा आगलागी भएपछि डुबेको हो । 

रोयटर्सका अनुसार जीएफएस प्राइड जहाज डुबेको हो । सिंगापुरको झण्डावाल उक्त जहाजमा एकपटकमा दुई हजार ८२४ वटा कन्टेनर बोक्ने क्षमता थियो । जहाजको व्यवस्थापन तथा सञ्चालन भने संयुक्त अरब इमिरेट्सको एक कम्पनीले गर्दै आएको थियो । सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार जीएफएस प्राइड अक्टोबर १३ मा आक्रमणमा परेको थियो । जहाजमा आगलागी भएपछि त्यसमा सवार सबै २१ जना चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको थियो । घटनामा कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ । 

आईआरजीसीले जहाज होर्मुज जलमार्गनजिकै अनुमति नदिइएको र जोखिमपूर्ण मार्गबाट अघि बढिरहेको दाबी गरेको छ । इरानले यसअघि पनि आफ्नो पक्षले तोकेको सुरक्षित मार्गबाहिर जाने जहाजले त्यसबाट उत्पन्न हुने जोखिमको जिम्मेवारी लिनुपर्ने चेतावनी दिँदै आएको थियो ।

घटनापछि आईआरजीसीले स्थानीय साना जहाज, डुंगा र माझीलाई समुद्रमा तैरिरहेका कन्टेनरबाट टाढा रहन आग्रह गरेको छ । ती कन्टेनरले अन्य जहाजको आवागमनमा जोखिम उत्पन्न गर्न र जलमार्ग अवरुद्ध गर्न सक्ने चेतावनी उसले दिएको छ ।

सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार जीएफएस जिसेल अक्टोबर १४ मा अज्ञात प्रक्षेप्यास्तुको निशानामा परेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । जाजरकोटको जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

काठमाडौँ, २९ असोज । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी

काठमाडौँ, २९ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २९ असोज । बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।