आजको मौसम

काठमाडौँ, २८ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । देशका पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

त्यस्तै आज राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार  साना

काठमाडौँ, २७ असोज । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित

काठमाडौँ, २७ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबीच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ

काठमाडौँ, २७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले