५५ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौँ, २५ असोज । बारा पचरौता नगरपालिका-६ बाट ५५ केजी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पचरौता नगरपालिका-३ रामनगर टोलका ४५ वर्षीय राजकिशोरप्रसाद यादव रहेका छन् ।

गएराति गस्तीको क्रममा शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको गाँजा बरामद भएको हो । इलका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान,

काठमाडौँ, २५ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । अहिले हिमाली भूभागमा साधारणतया

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको अरोप लगाएका

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो