आजको राशिफल

काठमाडौँ, २५ असोज । २०८३ साल असोज २५ गते आइतबारको राशिफल । 

मेष : दिन राम्रो छ। परिवार र साथीले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोल्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। सबै काम छोडेर परिवारलाई समय दिनुपर्नेछ।

मिथुन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : मन शान्त बन्नेछ। सहकर्मीसँग मिलेर गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा श्रम गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक भ्रमणको योग छ। आम्दानीको क्षेत्र विश्वासिलो बन्नेछ।

कन्या : आम्दानी बढ्नेछ छ। स्वास्थ्यमा समस्या भए सुधारका संकेत  देखिनेछन्। पठनपाठनमा रुची बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।  श्रमको मूल्य प्राप्त हुनेछ ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुने दिन छ। परिवारले राम्रो साथ र सहयोग मिल्नेछ।

वृश्चिक : खर्च  बढ्नेछ । बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल  मिल्ने छ । 

धनु : आज यात्रा तय हुनेछ । राज्यको तर्फबाट सहयोग प्राप्त  हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्ने योग छ । परीक्षा लेखेकाे भए नतिजा राम्रो आउने छ । 

मकर : आज तपाईंले सोचेका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा भने उतारचढाव बढ्नेछ। महत्त्वपूर्ण समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । मिहिनेतको फल प्राप्त हुँदा मन शान्त बन्‍नेछ ।

कुम्भ :सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ । साथीकाे साथमा गरेको काम सफल बन्ने योग छ । 

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। काम गर्नु अगाडि सल्लाह गर्नु पर्ने समय छ । कसैकाे विश्वास तत्काल गर्नु भन्दा अगाडि तीन पटक सोच्नु ठिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बिर्तामोड, २५ असोज । झापा बाह्रदशीका नवयुवाहरुसँग शनिबार समसामयिक राजनीतिक संवाद गरिएको छ । ‘कफी विथ कमरेड’ नाम दिइएको कार्यक्रममा

काठमाडौँ, २४ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद

भक्तपुर, २४ असोज । क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चले आज

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा