मिनेन्द्र रिजालले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् । 

थापासँगको छलफलपछि आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका हुन् । गगनले मिनेन्द्र कांग्रेसमा अति आवश्यक मान्छे रहेका कारण पदाधिकारी लडिरहनु पर्ने आवश्यकता नरहेको जानकारी मिनेन्द्रलाई दिएका थिए । 

उनीहरूबीच हिजो बेलुका बैठक बसेको थियो । महत्त्वपूर्ण जिम्मेवारीमा राख्ने बताउँदै उनले कांग्रेसमा नभई नहुने व्यक्तिले पदाधिकारीमा लडिरहनुपर्ने आवश्यकता नरहेको मिनेन्द्रसामु कुरा राखे मिनेन्द्रले पनि गगनको कुरा स्वीकार गर्दै उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा