९ जना जुवाडे पक्राउ

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा बौद्ध नयाँबस्ती बस्ने दोलखा जिरी नगरपालिका–३ का ४८ वर्षीय ङिम लाक्पा शेर्पालगायत ९ जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनीहरूलाई ९१ हजार ५ सय रुपैयाँ नगद र ८ बुक तासबोसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी