काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले विगतका कमीकमजोरीको निर्मम आत्मसमीक्षा र रूपान्तरणको स्पष्ट खाकासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रस्ताव पेस गरेका छन्।
प्रस्तावमा जननायक बीपी कोइरालाको आदर्श-राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई २१औँ शताब्दीको परिवर्तित परिवेशअनुसार व्याख्या गर्दै ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ निर्माणलाई पार्टीको मुख्य राजनीतिक ध्येय घोषणा गरिएको छ ।





