एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा स्थानीय विनोद दासकी पत्नी २० वर्षीया प्रियंका दास मृत फेला परेकी हुन् । उनको शव घरको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक दासका आफन्तका अनुसार आइतबार साँझ प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि उनका श्रीमान् विनोदले पासो खोली मृतकको शवलाई ओछ्यानमा राखेका थिए ।

उक्त घटनाको जानकारी हुनासाथ प्रहरी चौकी कपिलेश्वरको टोली सो स्थानमा पुगेर शवलाई सुरक्षा दिएको थियो । अबेर रातिसम्म स्थानीयवासीले उक्त घरअगाडि प्रहरी प्रशासनको विरोध गरेका थिए । उनीहरूले मृतक दासको हत्या भएको भन्दै विरोध गरेका थिए ।

प्रदर्शनमा उत्रिएका स्थानीयवासीले घटना भएको स्थान पत्रकारले हेर्न पाउनुपर्ने माग गर्दै प्रहरीविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रारम्भिक सोधपुछका निम्ति मृतकका श्रीमान् विनोदलाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित ट्रक

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ

काठमाडौँ, १९ असोज । १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले फेला पारेको छ । सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ऋषिदेव सदाका