आर्थिक मुद्दालाई प्राथमिकतामा राखौँ : महामन्त्री पौडेल

काठमाडौँ, १५ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आर्थिक विकासको मुद्दालाई राजनीतिक दल र सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको बुधबार विमोचन गर्दै उनले राजनीतिक आन्दोलन र बहसलाई अधिकारको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक विकाससँग जोड्न आवश्यक रहेको बताएका हुन् ।

महामन्त्री पौडेलले आर्थिक विकासको मुद्दा राजनीतिक दल र सरकारको प्राथमिकतामा पर्न नसकेको उल्लेख गरे । राजनीतिक दर्शन, समाज र विद्यालयको पाठ्यक्रमलाई आर्थिक क्षेत्रसँग जोड्न नसक्दा समाजले आर्थिक उन्नयनका बारेमा पर्याप्त ज्ञान हासिल गर्न नसकेको उनको भनाइ छ । उनले कृषि र औद्योगिकीरणको माध्यमबाट मुलुकको विकास गर्न ठोस कार्य योजना र स्पष्ट नीतिसहित अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र