आजको मौसम

काठमाडौँ, १३ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार अहिले देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

त्यस्तै आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको

काठमाडौँ, ६ कार्तिक । माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन् । 

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २