औषधी पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की, ७ कार्तिक । पोखरामा औषधी पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ ।

औषधी बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्कीसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो ।

प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ ।

पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मुलुकका विभिन्न स्थानबाट ३१ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको

काठमाडौँ, २९ कार्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर

काठमाडौँ, २९ कार्तिक । प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको

काठमाडौँ, २९ कार्तिक । लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न