सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, ८ असोज  । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।

सिंहदरबारमा बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा दुई वटा नयाँ विधेयकसम्बन्धी कार्यसूची तय गरिएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यता, राष्ट्रियसभाको बैठक भने अपराह्न १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर जानकारी गराउनेछन् । त्यसलगत्तै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय भएको छ ।

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ । साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन’ सभामा प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । भुटानले आफ्नो प्राकृतिक सम्पदाबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको मौद्रिक मूल्य मापन गर्दै ‘ग्रस इकोसिस्टम प्रोडक्ट’ (जीईपी) सार्वजनिक

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका