भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

काठमाडौँ, ३१ भदौ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ढुङ्गा बोकेको ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी र सोही स्थानका ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमा मृत्यु भएको हो ।

ट्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका–८ का २५ वर्षीय मिलन राई, सोही स्थानका २९ वर्षीय तुलसी थापामगर र २८ वर्षीय भीमबहादुर सार्की भने सकुशल छन् । चालक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित