भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

काठमाडौँ, ३१ भदौ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ढुङ्गा बोकेको ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी र सोही स्थानका ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमा मृत्यु भएको हो ।

ट्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका–८ का २५ वर्षीय मिलन राई, सोही स्थानका २९ वर्षीय तुलसी थापामगर र २८ वर्षीय भीमबहादुर सार्की भने सकुशल छन् । चालक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र