ईभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनालाई उद्धार गरिएको छ । उद्धार गरिएका १ जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौँ तर्फबाट लगिएको इप्रका भीमफेदीले जनाएको छ ।

मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको गाडी सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेको जनाइएको छ । दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल