शौचालयको सेफ्टी ट्यांकीभित्र युवकको शव फेला

काठमाडौँ, २६ भदौ । महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकीभित्र एक युवकको हत्या भएको छ ।

प्रहरीका अनुसार बलवा नगरपालिका ७ बनौटा बस्ने अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा महोत्तरीकै भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको शव फेला परेको हो ।

उनको शवलाई टुक्राटुक्रा गरी सेफ्टी टयांकीमा राखिएको अवस्थामा फेला परेको हो । सेफ्टी ट्यांकीमा राखेर माथिबाट सिमेन्ट बालुवा राखेर पलास्टर गरिएको पाइएको छ

विवेक रक्षाबन्धनको दिनदेखि बेपत्ता भएका थिए । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनको अन्तिम मोबाइल लोकेसन घटनास्थल नजिकै देखिएको थियो । विवेकको अन्तिम फोन कल दिपेन्द्रकी श्रीमतीको नम्बरमा देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ । यसपछि शंकाको आधारमा बिहीबार अशोक र छोरा दिपेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि विवेकको हत्याको रहस्य खुलेको हो । उनीहरूले शव सेफ्टी ट्यांकीमा लुकाएको प्रहरीलाई बयान दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

दिपेन्द्रको ससुराली विवेकको छिमेकी गाउँ भंगहा नगरपालिका– ७ संग्रामपुर पर्छ । उनको दिपेन्द्रकी श्रीमतीसँग चिनजान थियो । दिपेन्द्र वैदेशिक रोजगारमा थिए । केहीदिन अघि मात्र उनी घर आएको प्रहरीले जनाएको छ । विवेक र दिपेन्द्रकी श्रीमतीबीच हिमचिमका कारण फोन गर्न लगाएर विवेकलाई घरमै बोलाइ हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ भदौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले

काठमाडौँ, २६ भदौ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र

काठमाडौँ, २६ भदौ । कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ । राजदूत मेगनले आज भेटवार्ता

काठमाडौँ, २६ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त गर्नुभएको छ ।