ब्राउन सुगरसहित ४ जना पक्राउ

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा मिर्चैया नगरपालिका १२ सिक्रोन नहरबाट उनीहरूलाई पक्राउ गरेको हो । 

बुधबार राति इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा २४ वर्षीय दीपक सहनीले लगाएको पाइन्टको बायाँ खल्तीमा लुकाइछिपाई राखेको सानो स्टिलको बट्टाबाट १५ ग्राम २२० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको हो । सहनीसँगै रहेका सोही स्थानका २० वर्षीय सुनिल कापर, २५ वर्षीय सरोज कापर र २२ वर्षीय पप्पु कापर पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूबाट लागुऔषध ब्राउन सुगरसँगै ४ थान मोबाइल र २ हजार ५ सय नगद पनि बरामद भएको छ । पक्राउ परेका चारै जना अभियुक्तहरूलाई थप अनुसन्धानका लागि हिरासतमा लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको

काठमाडौँ, ६ कार्तिक । माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन् । 

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २