ब्राउन सुगरसहित ४ जना पक्राउ

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा मिर्चैया नगरपालिका १२ सिक्रोन नहरबाट उनीहरूलाई पक्राउ गरेको हो । 

बुधबार राति इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा २४ वर्षीय दीपक सहनीले लगाएको पाइन्टको बायाँ खल्तीमा लुकाइछिपाई राखेको सानो स्टिलको बट्टाबाट १५ ग्राम २२० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको हो । सहनीसँगै रहेका सोही स्थानका २० वर्षीय सुनिल कापर, २५ वर्षीय सरोज कापर र २२ वर्षीय पप्पु कापर पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूबाट लागुऔषध ब्राउन सुगरसँगै ४ थान मोबाइल र २ हजार ५ सय नगद पनि बरामद भएको छ । पक्राउ परेका चारै जना अभियुक्तहरूलाई थप अनुसन्धानका लागि हिरासतमा लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर