भदौ २४ इतिहासकै ‘कालो दिन’ : संयोजक प्रचण्ड

काठमाडौँ, २४ भदौ ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन राज्यको दमन र नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरू (घुसपैठिया)का कारण हिंसात्मक बनेको दाबी गरेका छन् ।

बुधबार वक्तव्य जारी गर्दै प्रारम्भमा युवापुस्ताको अभिव्यक्ति स्वतन्त्रता र सुशासनप्रतिको चिन्ताबाट उत्प्रेरित भए पनि २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका पुरातात्विक तथा सरकारी धरोहरमाथि भएको लुटपाट र आगजनीलाई उनले देशको लोकतान्त्रिक इतिहासकै एक ‘कालो दिन’को संज्ञा दिएका छन् । 

​युवाको जायज असन्तुष्टि र आपराधिक तोडफोड दुई भिन्न विषय भएको उल्लेख गरे । “युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंशमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन । दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन,” प्रचण्डले भने । 

प्रचण्डले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिनको माग गरेका छन् । साथै, राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको अध्ययन प्रतिवेदन दराजमा नथन्क्याई तत्काल कार्यान्वयन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको