भदौ २४ इतिहासकै ‘कालो दिन’ : संयोजक प्रचण्ड

काठमाडौँ, २४ भदौ ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन राज्यको दमन र नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरू (घुसपैठिया)का कारण हिंसात्मक बनेको दाबी गरेका छन् ।

बुधबार वक्तव्य जारी गर्दै प्रारम्भमा युवापुस्ताको अभिव्यक्ति स्वतन्त्रता र सुशासनप्रतिको चिन्ताबाट उत्प्रेरित भए पनि २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका पुरातात्विक तथा सरकारी धरोहरमाथि भएको लुटपाट र आगजनीलाई उनले देशको लोकतान्त्रिक इतिहासकै एक ‘कालो दिन’को संज्ञा दिएका छन् । 

​युवाको जायज असन्तुष्टि र आपराधिक तोडफोड दुई भिन्न विषय भएको उल्लेख गरे । “युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंशमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन । दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन,” प्रचण्डले भने । 

प्रचण्डले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिनको माग गरेका छन् । साथै, राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको अध्ययन प्रतिवेदन दराजमा नथन्क्याई तत्काल कार्यान्वयन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको

काठमाडौँ, ६ कार्तिक । माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन् । 

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २