खोलाले बगाउँदा १६ वर्षीय किशोर बेपत्ता

काठमाडौँ, २४ भदौ । बाजुराको जगन्नाथ गाउँपालिकामा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १७ वर्षीय छोरा अनुज सिंह बाख्रा चराउन गएको अवस्थामा कालसिङ्गे खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् ।

मंगलवार दिउँसो करिब १ बजे खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो । प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको कमान्डमा तीन जनाको टोली बेपत्ता किशोरको खोजी तथा उद्धारका लागि घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी जुड्डीबाट करिब चार घण्टा पैदल पश्चिमतर्फ पर्छ । किशोरको खोजी कार्य जारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र