चोरीको खसी खरिद-बिक्री गर्ने चार जना पक्राउ

काठमाडौँ, २१ भदौ । रौतहटको कटहरिया बजारमा चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका–५ का २० वर्षीय मुकेश कुमार राम, १७ वर्षीय रुपेश राम, खसी खरिद गर्ने १८ वर्षीय समीर मन्सुरी र उनको साझेदार ४७ वर्षीय दिनेश दास बानियाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुकेश र रुपेशले स्थानीय सफ्रुला भनिने सफरुदिन मियाँ मन्सुरीको करिब १५–२० किलो तौलको एउटा खसी बुधबार राति चोरी गरेका थिए। चोरी गरिएको खसी उनीहरूले समीर र दिनेशलाई १३ हजार रुपैयाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खसी चोरी भएको थाहा पाएपछि पीडित सफ्रुलाले खोजी गर्ने क्रममा मुकेश र रुपेशलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरियामा बुझाएका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ  सई जयप्रकाश साहको टोलीले पक्राउ परेका आरोपितसँग सोधपुछ गर्दा चोरीको खसी खरिद गर्ने समीर र दिनेशको समेत संलग्नता खुलेको भन्दै उनीहरूलाई पक्राउ गरेको हो।

चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेका बेला केही बिचौलियाले घटनालाई मिलापत्रमार्फत टुंग्याउने प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक

काठमाडौँ, २२ भदौ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ । केन्द्रीय

काठमाडौँ, २२ भदौ । पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु

काठमाडौँ, २२ भदौ । प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ