पहिराले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

काठमाडौँ, २१ भदौ । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यसैगरी, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ ।

प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक

काठमाडौँ, २२ भदौ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ । केन्द्रीय

काठमाडौँ, २२ भदौ । पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु

काठमाडौँ, २२ भदौ । प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ