भोटेकोशी बाढी अपडेट : १२ सय ९० जनाको शव फेला

काठमाडौँ, १९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १,२९० जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मृतकको संख्या बढ्दै गएको छ भने अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेका छन् ।

फेला परेका १,२९० शवहरूमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन् । यस्तै ५३२ वटा मानव शरीरका आंशिक अङ्गहरू फेला परेका छन् भने २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ९२६ वटाको व्यवस्थापन गरिसकिएको छ।

विपद्मा परी हालसम्म ४,७९८ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा २,८४७ स्वदेशी र ६०१ विदेशी नागरिक रहेका छन् भने १,३५० जनाको बारेमा फोनमार्फत जानकारी प्राप्त भएको छ। अर्कोतर्फ, सुरक्षाकर्मीको सक्रियतामा हालसम्म ८,१२७ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये ६,०९० पुरुष र २,४७२ महिला रहेका छन्।

अहिलेसम्म १,१४१ जना मृतकको पहिचान हुन सकेको छैन। पहिचानका लागि प्रहरीले मृतकका १,१४३ र आफन्तका ७१९ गरी कुल १,८६२ वटा डीएनए नमुना संकलन गरेको छ। पहिचान नभएका शवहरूको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।