प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १७ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ ।

सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्‍याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार, सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नेछन् । 

उक्त प्राकृतिक विपद्मा ठुलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र धेरै बेपत्ता भएको घटनाप्रति सभाले शोक व्यक्त गर्नेछ। साथै, घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको

काठमाडौँ, १६ भदौ । सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,