६४ हजार घुससहित इन्जिनियर र बिचौलिया पक्राउ

काठमाडौँ, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत सातौँ तहकी इन्जिनियर दीपा कार्की र बिचौलियाको भूमिका खेल्ने आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

भवन निर्माण तथा वस्ती विकास शाखाकी प्रमुख इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’को काम स्वीकृत गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई समातेको हो । आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले बिचौलिया आस्मा कार्कीलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको थली, डाँछीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

उनले विशेष अदालतबाट म्याद थप गरी उनीहरूमाथि भ्रष्टाचार सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,