६४ हजार घुससहित इन्जिनियर र बिचौलिया पक्राउ

काठमाडौँ, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत सातौँ तहकी इन्जिनियर दीपा कार्की र बिचौलियाको भूमिका खेल्ने आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

भवन निर्माण तथा वस्ती विकास शाखाकी प्रमुख इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’को काम स्वीकृत गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई समातेको हो । आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले बिचौलिया आस्मा कार्कीलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको थली, डाँछीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

उनले विशेष अदालतबाट म्याद थप गरी उनीहरूमाथि भ्रष्टाचार सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको