राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौँ, १६ भदौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तीपुरमा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका-४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बा रहेका छन् । उनलाई आज बिहान सवा ७ बजेको समयमा राप्ती खोलाले बगाएको थियो ।

खोलाले मान्छे बगाएको सूचना पाउनसाथ नेवारपानीबाट प्रहरी टोली खोजतलासको लागि खटेको थियो । खोजतलासको क्रममा बस्तीपुरको पुलभन्दा ५०० मिटर तल राप्तिखोलामा रुम्बाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल  पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको