भिरबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ, १५ भदौ । बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका–२ धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको सोमबार भिरबाट लडेर मृत्यु भएको हो ।

दिउँसो बाख्रा चराउन गएका बेला उनी १ बजेतिर घर नजिकैको जङ्गलमा रहेको भिरबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिए ।

धामी भिरबाट करिब ४०० मिटर तल खोलामा खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको