तीन वटा सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, ७ भदौ । चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा आज बिहान ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विष्टको चितवन मेडिकल कलेजमा केहीबेरअघि मृत्यु भएको हो । मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको सोही अस्पतालमा उपचार जारी छ । दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् । आज नेपाली

काठमाडौँ, ९ कार्तिक । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिले ९ वटा कार्यादेश (टीओआर) बनाएर

काठमाडौँ, ९ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय टेलिभिजको कार्यक्रममा दिएको अभिव्यक्ति