शङ्कास्पद मासुसहित दुई जना पक्राउ

काठमाडौँ, ६ भदौ । सिराहाको औरही गाउँपालिका-५ स्थित गागन खोलामा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा करिब ४ किलो शङ्कास्पद काँचो मासुसहित दुई युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा औरही गाउँपालिका-५ मुस्लिम टोलका २५वर्षीय मोहतर अलि र सोही टोलका बस्ने २९ वर्षीय मोहमद अफरोज खान रहेका छन् । उनीहरू मधेस प्रदेश ०१-००४ प ९५०६ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चेकजाँच गर्ने क्रममा शङ्कास्पद मासुसहित नियन्त्रणमा लिइएको हो ।

बरामद मासु गाईको मासु जस्तो देखिएको र भारतबाट ल्याइएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीले जनाएको छ । यद्यपि मासु कुन जनावरको हो भन्ने विषयमा परीक्षण तथा थप अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा

काठमाडौँ, ७ भदौ । २०८३ साल भदौ ७ गते आइतबारको राशिफल । मेष : आज गुम्न लागेको धन प्राप्त हुनेछ।

काठमाडौँ, ६ भदौ । चितवन, खैरहनी नगरपालिका –०१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका

काठमाडौँ, ६ भदौ । पहिरोका कारण पोखरा–सिक्लेस सडक अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण कास्कीको मादी गाउँपालिका–१, पदुखोला क्षेत्रमा