जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ, ५ भदौ । जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जाजरकोटकझ नलगाड नगरपालिका-७, दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा नलगाड नगरपालिका-१० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो ।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् ।

बिहीबार साँझ करिब ६:३० बजे नलगाड नगरपालिका ९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जीप चालक नलगाड नगरपालिका ८ हलचौर बस्ने २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक दुर्घटनापछि फरार रहेकोमा राति नै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको