काठमाडौँ, २५ साउन । धनुषाको शहीदनगर–३ यदुकुहामा एक १७ वर्षीया किशोरी मृतावस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज आज दिउँसो साढे ११ बजे आफ्नै घरको कोठामा पार्वती खत्वे मण्डल मृत फेला परेकी हुन् ।
उनको शव घटनास्थलमै रहेका र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय यदुकुहाबाट टोली पठाइएको छ । हत्या हो कि आत्महत्या भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।





