परिवर्तनशील आवाज साप्ताहिक १९औं वर्षमा प्रवेश

भक्तपुर, २५ साउन । भक्तपुर जिल्लामा सञ्चालन रहेको परिवर्तनशील आवाज साप्ताहिले १९औं वर्षमा प्रवेश गरेको छ ।

स्थानीय तह अन्तरगत वर्गीकरण रहेको परिवर्तनशील आवाजले २०६२–०६३ को परिवर्तनसँगै २०६५ सालमा व्यवसायीक रुपमा शुरुवात गरेको थियो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षधर परिवर्तनशील आवाज जिल्लामा भएका कार्यहरुको खवरदारीसँगै प्रश्न र जनाकारीमूलक कार्यको एक स्थापित पत्रिका रहेको छ ।

पत्रिकका सञ्चालक–सम्पादक रामचन्द्र प्रजापतिको अध्यक्षतामा आइतवार शिक्षा तथा समाजसेवी नरेन्द्रभक्त हाडाको प्रमुख आतिथ्यतामा १९औं वर्ष प्रवेश भव्य रुपमा मनाएको छ । जसले नाम अनुसारकै परिवर्तनको पक्षमा वकालत र खवरदारी गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा, त्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल कुमार आचार्य, पत्रकार महासंघ भक्तपुरका पूर्वजिल्ला अध्यक्ष पुष्कराज बुढाथोकी, रफत सञ्चार क्लवका अध्यक्ष शुसीलबन्धु थापा लगायतले शुभकामना मन्तव्य राख्नुभयो । त्यस्तै जिल्लामा सक्रिय पत्रकार तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हाडाले राष्ट्रिय एकता, अखण्डता र भूराजनीतिलाई जोगाउने कार्य पत्रकारहरुको काँधमा रहेको उल्लेख गर्दै कलमको माध्यमबाट सरकार तथा सम्बन्धित निकायलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । देश रहेमात्र नेपाली रहने उल्लेख गर्दै राष्ट्र जहिले पनि शीरमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल भाषा, राष्ट्रिय भाषा तथा अन्तर्राष्ट्रिय भाषा गरी तीन प्रकारको भाषालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद् नेपालले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। घटनामा ज्यान

काठमाडौँ, २५ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

झापा, २४ साउन । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार

काठमाडौँ, २४ साउन । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  Exchange Rate for