गाँजासहित दुई जना पक्राउ

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका १ नोचा बस्ने २७ वर्षीय सुमन कुमार शाह र अमर शाह रहेका छन् । नेपालबाट भारततर्फ गाँजा ओसारपसार गर्दै गरेको सूचनाका आधारमा धनपालथान गाउँपालिका–२ भवानीपुरस्थित रामचन्द्र चौधरीको बारीमा लुकाई राखेको तीनवटा पोकामा रहेको गाँजा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ