आगलागीबाट घाइते बालिकको उपचारको क्रममा मृत्यु

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

उक्त स्कुलमा एलकेजीमा अध्यनरत ८ वर्षीया साजुदा बानुको उपचारका क्रममा बुधबार काठमाडौंमा मृत्यु भएको हो ।गत साउन ७ गते दिउँसो विद्यार्थीले खाजा खाने क्रममा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा परी घाइते बानुलाई तानसेनको युनाइटेड मिसन अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि तत्काल हेलिकोप्टरबाट काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो ।

उनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । बानुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  तर, बुधबार दिउँसो उनको ज्यान गयो । पारिवारभित्रका एक सदस्यले जानकारी दिए । आगलागीबाट साजुदाको अनुहार, दुवै हात, छातीको दाहिने भाग तथा कम्मरदेखि पैतालासम्मको गरी करिब ३५ प्रतिशत शरीरको भाग जलेको चिकित्सक जनाएका थिए । उनीसंगै खाजा खादा अन्य दुई जना विद्यार्थी पनि सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ