आजको राशिफल

काठमाडौँ, १८ साउन । २०८३ साल साउन १८ गते सोमबारको राशिफल । 

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा संकटको सामना गर्नुपर्ने दिन छ। परिवारमा विवाद बढ्ने जोखिम भएकाले थोरै बोल्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन : तपाईंको बोलीले काम बन्नेछ । सम्पत्ति जोडिने दिन पनि परेको छ । शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने दिन छ। पारिवारिक मेलमिलाप हुनेछ ।

कर्कट : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त होला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ।

सिंह : दिन राम्रो छ। अग्रजसँग परामर्श गरेर काम गर्दा मन हलुका हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। अरुको विवादले तपाईंलाई नफा हुनेछ। जग्गाको कारोबारमा लाभ होला। राजनीतिक क्षेत्रमा सहयोग मिल्नेछ। विपक्षीसँगै परिवारको साथ र सहयोग मिल्नेछ।

तुला : दिन सामान्य छ। दैनिक काममा अवरोध देखिने छ। साथीभाइले विरोध गर्नेछन्। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्य र शिक्षामा थप मिहिनेतको खाँचो देखिन्छ।

वृश्चिक : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। व्यापारमा नाफा हुनेछ। बौद्धिक साथीहरु विपक्षी कित्तामा पुगेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय खर्च नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरेमा फाइदा हुनेछ।

मकर : जोगिएर काम गर्नुपर्ने दिन छ । नगरेको कामको आरोप लाग्नसक्छ । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ।  सेवाका अवसरको सदुपयोग गर्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षामा पहुँच विस्तार हुनेछ। व्यापारमा नाफा होला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढ्नेछ। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा जोखिम हुनेछ। अग्रजको सम्मान गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ साउन । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया विरुद्ध १६ जना सांसदको लिखित हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ, २७ साउन । सर्वाेच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्नेगरी भएको सार्वजनिक खरिद ऐन २०६३ को

काठमाडौँ, २७ साउन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका

काठमाडौँ, २७ साउन । मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिँदै आएको विद्युत् आपूर्तिको चुनौतीलाई