खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ, १६ साउन । झापामा खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

नियन्त्रण ब्युरो काँकडभित्ता र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट लागुऔषधसहित भारतको बिहार राज्य, अररिया जिल्लाका २८ वर्षीय महमद एहवाल र सोही ठाउँका २७ वर्षीय अझर अन्सारीलाई पक्राउ गरेको हो ।

उनीहरूबाट बाट १०२.३१० ग्राम हेरोइन, ७ हजार २०० क्याप्सुल ट्रामाडोल र ७ हजार ४५० वटा निट्जास्केल ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । दुवैजनामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ