आजको राशिफल

काठमाडौँ, १३ साउन । २०८३ साल साउन १३ गते बुधबारको राशिफल ।   

मेष : दिन राम्रो रहेको छ। आफन्तबाट राम्रो साथ सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती भएपनि व्यापारमा भने फाइदा हुनेछ । राजनीतिमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा गरेको कामबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। शिक्षामा आज गरेको योजना दीर्घकालीन हुनेछ। सम्पत्तिको मामिलामा भने समस्या हुनसक्ने जोखिम छ। कारोबार गर्नुपरे हातबाट वा मागेर गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले केही राम्रा काम बन्नेछन्। सम्मान पाउने अवसर आइपर्न सक्छ। निर्णय क्षमता विकास गर्दा फाइदा होला। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मनमा भने चिन्ता बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा संकट टर्ने देखिन्छ।

सिंह : आज जोगिएर काम गर्नुपर्ने दिन छ । अरुको काममा धेरै समय खर्चनुपर्ने हुनसक्छ। स्वास्थ्यमा समस्या देखिने जोखिम छ। गुम्न लागेको अवसर प्राप्त हुनेछ। मित्र बढ्नेछन्। पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारमा लगानी गरेको भए फाइदा हुनेछ। कृषिको व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ मिल्नेछ।

तुला : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शत्रु बढ्नेछन्। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। संकटमा साथीको साथ मिल्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। कृषि, पशुधनबाट उल्लेखनीय लाभ मिल्नेछ। तपाईंको प्रशंसा गर्नेहरु बढ्नेछन्। राजनीतिमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन खराब छ। शत्रु बढ्नेछन्। हरेक काममा बाधा अड्चन आउनेछन्। शिक्षा र स्वास्थ्यमा समस्या होला। अभिभावकको सल्लाह लिएर अघि बढेको काममा फाइदा हुनेछ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भएपनि राजनीतिमा उल्लेखनीय प्रगति हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

कुम्भ : आज परिवारको साथमा सुखद् यात्रा तय हुनेछ। मन प्रशन्न हुनेछ। पुराना साथीसँगको भेटघाटले नयाँ योजना बन्नेछन्। प्रेम बढ्नेछ।

मीन : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखिनेछन्। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। अवरोध आइपर्दा त्यसलाई धैर्यतापूर्वक सामना गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ साउन । मौसम पूर्वानुमान महाशाखाले अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ

काठमाडौँ, १३ साउन । आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आजको

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा देखा परेका पछिल्ला घटनाक्रम र सामाजिक सद्‌भाव

काठमाडौँ, १३ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उनले बाघ सौन्दर्यको प्रतीक मात्र नभएर हाम्रो पारिस्थितिक सन्तुलनको आधारस्तम्भ पनि भएको