ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा, ९ साउन । बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

शुक्रबार राति करिब ११ः०० बजे लागूऔषध कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मा रहेका छन् । उनीहरुको साथबाट दुई ग्राम ८४० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्

काठमाडौँ, १० असोज । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै

काठमाडौँ, ९ असोज । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी