लागुऔषधसहित १५ जना पक्राउ

धनगढी, ९ साउन । कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार जिल्लाका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद  ११ हजार पाँच सयसहित २३ वर्षीय अमन चौधरी र भजनी-९ का २७ वर्षीय निराजन चौधरी पक्राउ गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै, मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट १२० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय २३ वर्षीय विनोद बिष्ट र कालिकोट रास्कोट–४ घर भई हाल लम्कीचुहा–३ बस्दै आएका २५ वर्षीय गोविन्द्र शाही पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकस्थित एक कोठाबाट ४ ग्राम ३२३ मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २८ वर्षीय आयुष सिंह, ३४ वर्षीय जयबहादुर भण्डारी, ३० वर्षीय टेकेन्द्र बस्नेत र २५ वर्षीय श्रीमल चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले श्रीमल चौधरीको कोठामा खानतलासी गर्दा उनीहरू लागूऔषध सेवन गरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

टिकापुर नगरपालिका-१ समितिपुरबाट ४०० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय सागर खत्री र एक १८ वर्षीय किशोर पक्राउ परेका छन्। शंकाका आधारमा गरिएको चेकजाँचका क्रममा उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी, गोदावरी नगरपालिका-५ गेटा सुकुम्बासी टोलबाट ३७० ग्राम गाँजाजस्तो देखिने धुलो पदार्थसहित ४५ वर्षीय खडक डंगौरा पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गरिएको घर खानतलासीका क्रममा उक्त पदार्थ बरामद भएको हो ।

धनगढी उपमहानगरपालिका-१७ पथरी पुलबाट ३३५ मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय राजेश राना र २५ वर्षीय किरण राना पक्राउ परेका छन् भने धनगढी–७ जीपी चोकबाट २३८ मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय विकास जेठारा र २८ वर्षीय विवेकराज उपाध्याय पक्राउ परेका छन्। । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्

काठमाडौँ, १० असोज । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै

काठमाडौँ, ९ असोज । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी