धनुषामा गोली चल्याे

काठमाडौँ, ८ साउन । प्रहरीले धनुषाको ढल्केबरमा गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु छन् ।

शुक्रबार ढल्केबरबाट जनकपुर जाने सडकमा प्रहरीसँग जम्काभेट भएपछि भाग्न लागेका कारोबारीलाई पक्राउ गर्न एक राउण्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । 

आरोपीहरूको साथबाट प्रहरीले ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ९ साउन । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई

काठमाडौँ, ९ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका

काठमाडौँ, ९ साउन । सरकारले राष्ट्रिय परिचयपत्रका लागि १ करोड अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम (एबीआईएस) फ्रान्सेली कम्पनीबाट बिनाप्रतिस्पर्धा खरिद गर्ने

काठमाडौँ, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको