शंकास्पद गतिविधि गरेको आरोपमा ११५ जना पक्राउ

काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबैभन्दा धेरै काठमाडौँबाट १०८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरबाट ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न प्रहरी युनिटको नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी २८ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८३ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

यसैगरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४९ जना, अनावश्यक हर्न बजाउने ३३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४९ जना र जथाभावी यात्री चढाउने तथा ओराल्ने २८ जना चालकहरू पनि कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई