सर्पको टोकाइबाट एक बालकको मृत्यु

काठमाडौँ, ७ साउन । महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१२ बिजलपुरा बस्ने चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापर रहेका छन् ।

बुधबार साँझ घरछेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा पाएपपछि परिवारले तत्काल उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा विवेकको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

आर्थिक रुपमा अति विपन्न रहेका पीडित परिवारले करिब ७० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शवसमेत बुझ्न नसकेको मृतक बालककी आमा अमृतदेवी कापरले बताइन् । घटनाको जानकारीपछि मधेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीसहितले अस्पताल पुगेर आवश्यक समन्वय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३