अवैध सामानसहित एक जना पक्राउ

काठमाडौँ, ५ साउन । मोरङको बुढिगंगा गाउँपालिका–१ टंकी सिनवारी र सीमा इलाकाबाट सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको सामानसहित विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ३२ वर्षीय मोहमद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नं. ३ कंकालिनी गण मोरङ र सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको हो ।

बरामद भएको सामानहरुमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान, औषधि, सिटी सफारी र स्कुटर रहेको छ । नियन्त्रणमा लिइएका व्यक्ति, बरामद सामान तथा स्कुटर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ। फोर्ट हुड

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।