भिरबाट हाम फालेका व्यक्तिको शव फेला

काठमाडौँ, ५ साउन । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जीसाइडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ  ।

बाग्लुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली ४ साउन साँझ करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतको टोली खटिएको थियो ।

खोजी गर्ने क्रममा सशस्त्रको टोलीले आज बिहान उनको शव फेला पारेको हो । सशस्त्रको टोलीले उनको शव करिब १ सय ३० मिटर तल भिरबाट निकालेको थियो ।

उनी सामान्य घरायसी विवादका कारण उक्त भिरबाट हाम फालेको बताइएको  छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण