स्कुटर चोरीको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, ४ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुली मरिण गाउँपालिका-४ घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने ३१ वर्षीय माइते सिं स्याङ्तानलाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्दै पीडितले उजुरी दिएका थिए । उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले खोजी सुरु गरेको थियो ।

खोजी गर्ने क्रममा उक्त चोरी कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटरसहित प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई