सवारी दुर्घटना भक्तपुरमा एकको मृत्यु

भक्तपुर, २ साउन । मध्यपुर ठिमी नगरपालिका वडा नं. ५  एस.एस.चोकमा एक जना युवाको मृत्यु भएको छ ।  

एस.एस.चोक स्थितमा एस.एस. कलेजबाट बाटो क्रस गरी बागमती पेट्रोल पम्प तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प २९०५ नं. को मोटरसाईकल र नयाँठिमी चोकबाट राधेराधे तर्फ जाँदै गरेको बा.प्र.०२-०२२ प २९०६ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई मोटरसाईकल चालक जिल्ला उदयपुर कटारी न.पा. २ घर भई हाल काठमाडौँ तिनकुने बस्ने वर्ष १६ को कबिर कार्कीको उपचारकै क्रममा मृत्यु भएको ।

मोटरसाईकलको पछाडी सवार जिल्ला काठमाडौँ सिनामंगल बस्ने वर्ष १९ की अलिया वि.क. गम्भिर घाईते भई उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. २ घर भई हाल भक्तपुर बालकोट पानी ट्याङकी बस्ने वर्ष २४ को मनिष राई डिस्चार्ज पश्चात प्रहरी वृत्त ठिमी भक्तपरको नियन्त्रणमा रहेको छ ।

घाईतेको उपचार मध्यपुर ठिमी अस्पताल भक्तपुरमा भईरहेको छ ।  दुवै सवारी साधन जिल्ला ट्राफिक प्रहरी परिसर चुनदेवी भक्तपुरको नियन्त्रणमा राखि घटनाको सम्बन्धमा थप अनुसनधान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ। फोर्ट हुड

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।