टिपरको ठक्करबाट साइकल चालकको मृत्यु

बुटवल, २ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–५, बैङ्क रोड, भैरहवा निवासी ६० वर्षीय तारचन सुनारको मृत्यु भएको हो ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको ईभी साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३