श्रीमती हत्या आरोपमा एक जना पक्राउ

काठमाडौँ, २ साउन । सङ्खुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा श्रीमती हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई हाल मादी–४ डाँडागाउँ बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्कीले रहेका छन् ।

आज बिहान ६ बजे ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई घरायसी विवादका क्रममा अमरबहादुरले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट फुलमायाको घटना स्थलमै मृत्यु भएको थियो ।

घटनापछि उनी आफैं मादीस्थित मङ्लबारे प्रहरी चौकीमा पुगेका थिए। घटनालगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा घटनास्थल मादी पुगेको थियो । प्रहरीले अमरबहादुरलाई घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि  ओखरबोटस्थित मादी नगर अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for